Sunday, December 11, 2016

Gazal: International Anti-corruption Day (9th December)



Written by Achyut Gauli
Written by Achyut Gauli


खै कहाँ छ भ्रष्टचार म त कतै देख्दै देख्दिन  ||
खै कहाँ छ तोड्फोड म त कतै देख्दै देख्दिन् ||

सबै स्वाभिमनी छन सबैको आआफ्नै कामधन्दा छ
खै कहाँ छ बेरोजगार म त कतै देख्दै देख्दिन् ||
हीजोको कुरा हो भुइचालोले गर्लम्मै घर ढालेथ्यो
खै कहाँ छ पुनर्स्थापना म त कतै देख्दै देख्दिन् ||
देख्छुत केबल रत्न्नपार्कमा मागने देखछु रुवाबासी देख्छु
खै कहाँ छ चस्मा म त कतै देख्दै देख्दिन ||

सुन्दैछु हिजोआज फेलहुने साथी मेडिकल पढ्दैछरे
खै कहाँ छ डाक्टर म त कतै देख्दै देख्दिन् ||
अदालतदेखी सभासम्म र बिधालयदेखी प्रसासनसम्म
खै कहाँ छ प्रगती  म त कतै देख्दै देख्दिन  ||
देख्छुत केबल ठुलाठुला महल देख्छु धनी जनता देख्छु
खै कहाँ छ गरीब  म त कतै देख्दै देख्दिन ||

Send your any literature work with name and photo at opensahitya@gmail.com for posting purpose and don't forget to comment.

1 comment:

Hello friends, you can also post your any literature work. So send literature along with photo and name.