Tuesday, September 6, 2016

Poem:Happy Father's Day​



Written by Achyut Gauli
Written by Achyut Gauli.
लाग्छ प्यारो दुई अक्षर तिम्रो
लाग्छ पुजु दुई हात तिम्रो
पुष्पकमलको नित्य सुवासझै
लाग्छ जपु बाबा हर नाम तिम्रो |

फुल्दैछु अझै तिम्रै पालनमा
फुल्दैछु अझै तिम्रै साथमा
देखेको छैन ईशोर कतै
फुल्दैछु अझै तिम्रै काखमा |

छौ तयार हरदम हर दुख भोगन
छौ तयार हरपल आफैलाई भुल्न्
सम्झिन्छु भागयमानी आफैलाई सधै
छौ तयार बाबा, पसिना र रगत बेचन |

कत्ती ठुलो छ बाबा त्यो ह्र्दय तिम्रो
कत्ती ठुलो छ बाबा त्यो धैर्य तिम्रो
सोच्दैछु सधै हर रात बिहानी
कत्ती ठुलो छ बाबा, त्यो ओहोदा तिम्रो |

जननीको जस्तै त्यो माया तिम्रो
जननीको जस्तै त्यो साथ तिम्रो
लाग्दैछ बनु हर जन्म तिम्रै
जननीको जस्तै त्यो सन्तान तिम्रो |

Send your any literature work with name and photo at opensahitya@gmail.com for posting purpose and don't forget to comment.