Friday, December 1, 2017

Love Gazal: Amazing Feeling Appears Once in Life.

Written by Achyut Gauli
मान्छेको भिडमा आज, मान्छे बन्न खोज्दा
कुन बेला रहरको शितल गिरेछ पत्तै भएन |

नदिनु थियो दिल, दीइयछ कत्ति खेर
देखावोटीको बिगबिगी चलेको पत्तै भएन |

जल्दैछ यो मनमा, त्यो प्रश्नले जरा गाडेर
बोलाईमा जलन र कटुता गरेको पत्तै भएन |

नबोल्नु थियो भने, नबोलेकै हुन्थ्यो जाती
निच्च हासो र नौटंकी स्वांग पारेको पत्तै भएन |

दिल जलेको सायद, थाहा होला उनलाई
सामुन्नेमा अरुले छुदा दुखेको पत्तै भएन |

नहुनु थियो यस्तो, किन हुन्छ खाली
शान्त यो मन अशान्त भएको पत्तै भएन |

प्रश्न छ उनलाई, दिल दुखाउने काम नगर
बरु टाढा बस सामुन्नेमा छुदा दुखेको पत्तै भएन|