Wednesday, December 7, 2016

Gazal:True reality of life.(Best Ever)


Written by Achyut Gauli
Written by Achyut Gauli
पराइ प्यारो लाग्छ अचेल, आफ्न्त यो भन्दाबढी ||
स्वार्थी तेती हुन्नन जती, आफ्न्त यो भन्दाबढी ||

सोझो मान्छे ठिक हुन्न फटा नै हुन्छन जाति
दुश्मन आखीर हुन्नन कोही, आफ्न्त यो भन्दाबढी ||

मेरो बाउको बार्है टक्का अबिस्वास यो बढेपछि
मुर्ख मान्छे हुन्नन जती, आफ्न्त यो भन्दाबढी ||

को हो असल को हो खराब बुझेका छन सबै
लाटो अरु हुन्नन कत्ती, आफ्न्त यो भन्दाबढी ||

नहुनेलाई के मतलब धनको पोको भरेपछि
रुखो कोही छैनन जती, आफ्न्त यो भन्दाबढी ||

को हो आफ्नो को हो पराइ अन्योल नै छ अझै
पराइ बरु मित्र हुन्छन, आफ्न्त यो भन्दाबढी ||

Send your any literature work with name and photo at opensahitya@gmail.com for posting purpose and don't forget to comment.

No comments:

Post a Comment

Hello friends, you can also post your any literature work. So send literature along with photo and name.