Wednesday, December 7, 2016

Gazal: Dual Sense love Gazal.



Written by Achyut Gazal
Written by Achyut Gauli

हुन्छ अरे रातपनि बिहानीजस्तै जबतिम्रो साथ हुँदा ||
हुन्छ अरे बुढेसकालपनि जवानीजस्तै जबतिम्रो साथ हुँदा ||

अल्ली लजालु उनी, अल्ली लजालु म, त्यो मध्यरातमा
हुन्छ अरे इतिहासपनि कहाँनीजस्तै जबतिम्रो साथ हुँदा ||

छौ दङ्ग ममा, छु दङ्ग तिमीमा, त्यो छोरा छ साथमा
हुन्छ अरे सपनापनि बिपनाजस्तै जबतिम्रो साथ हुँदा ||

हो एउटा युद्ध तिम्रो र मेरो अनि सुन्दर सृजनाको
हुन्छ अरे हारपनि जीतजस्तै जबतिम्रो साथ हुँदा ||

छ छुटै सुख त्यो बातको र रातको अनि त्यो ताजको
हुन्छ अरे दुखपनि सुखजस्तै जबतिम्रो साथ हुँदा ||

Send your any literature work with name and photo at opensahitya@gmail.com for posting purpose and don't forget to comment.

No comments:

Post a Comment

Hello friends, you can also post your any literature work. So send literature along with photo and name.