Written by Achyut Gauli |
मान्छेको भिडमा आज,
मान्छे बन्न खोज्दा
कुन बेला रहरको शितल
गिरेछ पत्तै भएन |
नदिनु थियो दिल,
दीइयछ कत्ति खेर
देखावोटीको बिगबिगी
चलेको पत्तै भएन |
जल्दैछ यो मनमा,
त्यो प्रश्नले जरा गाडेर
बोलाईमा जलन र कटुता
गरेको पत्तै भएन |
नबोल्नु थियो भने, नबोलेकै
हुन्थ्यो जाती
निच्च हासो र नौटंकी
स्वांग पारेको पत्तै भएन |
दिल जलेको सायद,
थाहा होला उनलाई
सामुन्नेमा अरुले
छुदा दुखेको पत्तै भएन |
नहुनु थियो यस्तो,
किन हुन्छ खाली
शान्त यो मन अशान्त
भएको पत्तै भएन |
प्रश्न छ उनलाई, दिल
दुखाउने काम नगर
बरु टाढा बस
सामुन्नेमा छुदा दुखेको पत्तै भएन|
No comments:
Post a Comment
Hello friends, you can also post your any literature work. So send literature along with photo and name.